×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ५०.२० अंकको उछाल, परिसूचक २४२४.८४ बिन्दुमा पुग्दा नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुमिए लगानीकर्ता !

PRIME CA
GLOBAL IME BANK

नेप्सेमा ५०.२० अंकको उछाल, परिसूचक २४२४.८४ बिन्दुमा पुग्दा नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुमिए लगानीकर्ता !

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बिहीबारको तुलनामा ५०.२० अंकले बढेर २४२४.८४ बिन्दुमा पुगेको हो । पछिल्लो समय नेपाली सेयर बजारले नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । बजार बढेसँगै लगानीकर्ताहरु पनि उत्साहित बनेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६६ करोड ८२ लाखमाथिको कारोबार भएको छ । 
त्यसपछि कारोबार क्रमश नेपाल पुनर्बीमा कम्पनी र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज १ समूहबाहेकका अरु सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: