×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहिबार १६.५५ अंकले बजार घट्दा पनि ९ अर्बमाथिको कारोबार, नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक किनबेच

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । नेप्से परिसूचक बिहिबारको तुलनामा १६.५५ अंकले घटेर २४२५.२९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको २ करोड १८ लाख ६९ हजार २५८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७१ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ५६ करोड ४८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्राइम कमर्शियल बैंक र नेपाल बैंकको भएको छ । आज ३ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै सुर्योदय लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ताले सबैभन्दा गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: