×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ऐतिहासिक रेडर्क कायम, एकैदिन ८८.१२ अंकले बजार बढ्दा लगानीकर्ता उत्साहित, कारोबार रकम पनि बढ्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा ऐतिहासिक रेडर्क कायम, एकैदिन ८८.१२ अंकले बजार बढ्दा लगानीकर्ता उत्साहित, कारोबार रकम पनि बढ्यो !

Artha Sarokar

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा ऐतिहासिक रेडर्क कायम भएको छ । बिहिबारको तुलनामा बजार ८८.१२ अंकले बढेर २१७५.३९बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २१२ कम्पनीको १ करोड ४० लाख २६ हजार ८८६ सय कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३४ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइन इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ५० करोड ९५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्राइम कमर्सियल बैंक र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् भने राधी विद्युतका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी