×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा सामान्य करेक्सन, झन्डै ६ अर्बको कारोबार हुँदा नेशनल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर बजारमा सामान्य करेक्सन, झन्डै ६ अर्बको कारोबार हुँदा नेशनल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

Artha Sarokar

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ । आइतबारको तुलनामा बजार ६.३६ अंकले घटेर २१६९. ०४ बिन्दुमा पुगेको छ । आइतबार भने बजार ८८.१२ अंकले बढेको थियो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०२ कम्पनीको १ करोड १६ लाख ४३ हजार ४२९ सय कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९६ करोडमाथिको कारोबार भएको छ ।  
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ४६ करोड ८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज ५ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने नेशनल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी