Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण प्रकशित, खुद नाफा २२.६८ प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेरुडे लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाको खुद नाफा २२.६८% ले बढेर ७ करोड ४२ लाख २८ हजार रुपैयाँ कमाएको वित्तीय विवरण प्रकशित गरेको हो ।  यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी १२.५०% ले बढेर २४ करोड ८० लाख ८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि २२.६८% ले बढेर ११ करोड ७८ लाख २२ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म संस्थाको  प्रतिसेयर आम्दानी वार्षिक ३२ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ९९ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK