×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युरोडबाट स्रोत नखुलेको ३८ लाखसहित ५ पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

न्युरोडबाट स्रोत नखुलेको ३८ लाखसहित ५ पक्राउ

१६ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
 प्रहरीले उनीहरूबाट २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेक पनि बरामद गरेको छ । हुम्ला सार्केगार्ड गाउँपालिका-१ का २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका-११ का २७ वर्षीया सानुमाया तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ का २७ वर्षीय भीमसेन बहादुर तामाङ पक्राउ परेका हुन् । उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोक पठाइने वृत्तले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: