
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओको प्रि-अलोटमेन्ट आज सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बैंकको आईपीओको प्रि-अलोटमेन्ट आज सम्पन्न भएको जनाएको हो । क्यापिटलले आईपीओको बाँडफाँड भने आगामी शुक्रबार गर्ने जनाएको छ ।
क्यापिटलका अनुसार बैंककाे आईपीओ भर्ने आवेदकले न्युनतम ५० कित्ता र भाग्यमानीले अधिकतम ६० कित्ताकाे दरले सेयर पाउनेछन् । ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति बैंकको सेयर पाउने भएका छन् भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकलाई बाँकी रहेकाे सेयर गाेलाप्रथाबाट थप १०/१० कित्ताकाे दरले बाँडफाँड गरिने क्यापिटलले जानकारी दिएको छ ।
बैंकले माघ २ गतेदेखि ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे । जसमा कूल १५ लाख ५० हजार ३२५ आवेदकले कूल १८ कराेड ३४ लाख कित्ता सेयर अर्थात १८ अर्ब ३४ करोड रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा २.४१ गुणा बढी आवेदन हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्