पाँचथर । जिल्लाको पाँच स्थानीय तहमा ‘साना सिँचाइ कार्यक्रम’ सञ्चालन हुने भएको छ । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पाँचथरका फिदिम नगरपालिका, याङवरक, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालन हुने भएको हो । आर्थिकरुपले विपन्न तथा साना किसानको कृषि उत्पादकत्वमा वृद्धि गरी गरिबी न्यूनीकरणमा सघाउ पु¥याउने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रम स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत पाँच हेक्टरदेखि ५० हेक्टर क्षेत्रफलसम्मको जमीन सिञ्चित गर्न साना सिँचाइ योजना निर्माण हुनेछन् । कार्यक्रमको ढाँचाअनुसार सिँचाइ योजनाका लागि स्विट्जरल्याण्ड सरकारको ३०, सङ्घीय सरकारको २०, प्रदेश सरकारको २०, स्थानीय तहको २० र उपभोक्ताको १० प्रतिशत लगानी रहने साना सिँचाइ कार्यक्रम इलाम–पाँचथर क्लष्टरका संयोजक केशव लामाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको पनि उहाँले बताउनुभयो । बाँकी स्थानीय तहमा समेत चाँडै समझदारी गरी कार्यक्रम कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ ।
साना सिँचाइ कार्यक्रमका लागि प्रदेश नं १ मा रु पाँच अर्ब ६८ करोड बजेट रहेको छ । इलाम र पाँचथर क्लष्टरमा २१ वटा साना सिँचाइ योजना निर्माणका लागि समझदारी गर्ने क्रममा रहेको क्लष्टर संयोजक लामाले जानकारी दिनुभयो । “लागत कम हुने हुँदा स्थानीय तहले जति धेरैमा लगानी गर्न सके, त्यति नै धेरै सिँचाइ योजना निर्माण गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेतीयोग्य जमीनलाई सिञ्चित गरी खाद्य आत्मनिर्भरताका लागि यो ठूलो अवसर हो ।”
साना सिँचाइ कार्यक्रम र स्थानीय तहबीच चार वर्षका लागि कार्यक्रम कार्यान्वयन गर्ने समझदारी भइरहेको हो । चार वर्षमा क्रमागतरुपमा सिँचाइका योजना निर्माण गरिनेछन् । बिहीबार यहाँको फिदिम नगरपालिकामा कार्यक्रम कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । फिदिम नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारी तथा कार्यक्रमका तर्फबाट क्लष्टर संयोजक लामाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
फिदिम नगरपालिकामा यसअघि नै दुई वटा साना सिँचाइ योजना कार्यान्वयन भइरहेको संयोजक लामाले जानकारी दिनुभयो । सो अवसरमा नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिकाको थोरै लगानीमा कृषकले ठूलो लाभ प्राप्त गर्न सक्ने योजना बन्न लागेको बताउनुभयो । सीमित स्रोतबाट स्थानीय तहले सबै क्षेत्रमा लगानी गर्नुपर्दा धेरै योजनाका लागि समझदारी गर्न नसकिएको नगर प्रमुख नेम्वाङको भनाइ छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्