
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले दोलखा मेलुङ गाउँपालिका घर भई असन बस्ने १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका ८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय किरण कार्की पक्राउ गरिएको जनाएको हो ।
उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौं रकम माग्ने गरेका थिए । विशेष सूचनाको आधारमा महाशाखाले बागबजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको साथबाट धम्क्याउन प्रयोग गरेका ५ वटा मोबाइल तथा सीमहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्