×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देशभर एकैसाथ सुरु भयो कोरोनाविरुद्धको खोप अभियान, २५ तस्बिरमा हेर्नुहोस् यी व्यक्तिले लगाए पहिलो दिन (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले देशभर एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु भएपछीका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कोभिड–१९ खोप अभियानअन्तर्गत बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक । 
तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरी । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ ।
सङ्घीय सरकारले पठाएको कोरोनाविरुद्धको खोप बैतडीमा पु¥याउँदै ।  पहिलो चरणमा दुई हजार २२० डोज खोप जिल्लामा आइपुगेको हो । 
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुहुँदै ।
तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै दमौली अस्पतालका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । 
दमौलीमा बुधबार कोभिड–१९ विरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी । जिल्लाको दश पालिकामा करिब एक हजार सात जना स्वास्थ्यकर्मीलाई उक्त खोप दिने तयारी गरिएको छ ।
धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा दिवाकर पराजुली  बुधबार कोभिडविरुद्धको खोप लगाउँदै  । पहिलो चरणमा बागलुङका एक हजार ७१४ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । 
बागलुङमा बुधबारदेखि शुरु भएको कोभिड –१९ विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ।
जिल्ला अस्पताल लमजुङको बेँसीशहरमा बुधबार चिकित्सक शरण लिम्बुलाई कोभिडविरुद्धको खोप लगाउँदै अस्पतालका स्वास्थ्यकर्मी निर्मला खड्का । लमजुङमा पहिलो चरणअन्तर्गत एक हजार ५७० जनालाई खोप लगाइने छ । 
कोशी अस्पताल कोभिड–१९  उपचार केन्द्र विराटनगरमा बुधबार कोभिडविरुद्धको खोप उद्घाटन समारोहमा पहिलो कोभिड खोप लगाउँदै  कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दास ।
सप्तरीको राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा व्यानर पढेर कोभिडविरुद्धको खोप अभियान शुभारम्भ गर्दै प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साह ।
काठमाडौँको शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लागाउँदै चिकित्सक । पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स, शववाहन चालक र सहचालक,  स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, वृद्धवृद्धा, कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।
गण्डकी प्रदेशका  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट प्रथम चरणको कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रमअन्तर्गत खोप बाकस स्वास्थ्यकर्मीलाई  हस्तान्तरण गर्दै गण्डकी प्रदेशका  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । 
प्रथम चरणको कोभिड–१९ विरुद्धको खोप लगाउँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मा । 
प्रथम चरणको कोभिड– १९ विरुद्धको पहिलो  खोप लगाउँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापा । 
कोभिड–१९ खोप अभियानअन्तर्गत बुुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक ।
कोभिड–१९ खोप अभियानअन्तर्गत बुुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउने तयारी गर्दै चिकित्सक ।
कोभिड–१९ खोप अभियानअन्तर्गत बुुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउने तयारी गर्दै चिकित्सक ।
कोभिड–१९ खोप अभियानअन्तर्गत बुुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउने तयारी गर्दै चिकित्सक ।
मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । खोप विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइमा खटिने मजदुरलाई लगाउन सुरु गरिएको छ । 
मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाइसकेपछि कार्ड देखाउँदै स्वास्थ्यकर्मी ।
मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउने क्रममा स्वास्थ्यकर्मी । 
मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउने क्रममा स्वास्थ्यकर्मी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ विरुद्धको प्रथम चरणको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्दै ।
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: