×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दोस्रो त्रैमासमा प्रभु बैंक लिमिटेडले कमायो १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा, अधिकाशं सूचकमा आकर्षक बढोत्तरी

  • अर्थ सरोकार सम्बददाता
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमासमा खुद नाफा ३९.८६% लेबढाएर १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस्तै यस अवधिसम्म आउँदा बैंकका अधिकांश सूचकमा सुधार आएको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ९.७२% ले बढेर९९ करोड ९८ लाख रुपैयाँ रहेको छ। यस्तै सञ्चालन नाफा पनि ४२.७३% बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा १.०६% ले घटेर २.०६% मा कायम भएको छ । यता वितरणयोग्य नाफा भने सामान्य (०.०३%) ले घटेर ९९ करोड ९८ लाख ५ हजार रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।
साथै बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६५ पैसाले बढेर २६ रुपैयाँ ६६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा छ । यस अवधिसम्म आउँदा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: