×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्स कम्पनीको १३ लाख ९६ हजार कित्ता आईपीओको प्रि-अलोटमेन्ट आज, कहिले हुन्छ बाँडफाँट ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चन्द्रागिरी हिल्स कम्पनीको १३ लाख ९६ हजार कित्ता आईपीओको प्रि-अलोटमेन्ट आज, कहिले हुन्छ बाँडफाँट ?

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्सको १३ लाख ९६ हजार कित्ता आईपीओको प्रि-अलोटमेन्ट आज हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार साँझसम्म आइपिओको प्रि-अलोटमेन्ट हुने जनाएको हो । सम्भवत आइपीओ शुक्रबारसम्ममा बाँडफाँट हुने क्यापिटलले जनाएको छ । यद्यपि समय भने अहिले टुंगो लागिसकेको छैन ।
चन्द्रागिरी हिल्सले १३ लाख ९६ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । जसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुले आवेदन दिएका छन् भने बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: