- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । सो सेसनमा ३१.६५ अंकले बढेर २२०७.०५ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ४.७७ अंकले बढेको छ ।
आज प्रि-ओपनिङ्ग सेसनमा ३० कम्पनीको ५१ लाख ४२ हजार ४२२ रुपैयाँ बराबरको ५ हजार ५७३ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ।