×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पत्रकारलाई दुर्व्यवहार गर्ने हाकिमसाप विवेकहीन रहेछन्, घटना निन्दनीय छ’ : श्रवण देउवा, अध्यक्ष, प्रेस युनियन कैलाली

PRIME CA

‘पत्रकारलाई दुर्व्यवहार गर्ने हाकिमसाप विवेकहीन रहेछन्, घटना निन्दनीय छ’ : श्रवण देउवा, अध्यक्ष, प्रेस युनियन कैलाली

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबीच नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवाले सो घटना निकै निन्दनीय भएको बताएका छन् ।
‘हाकिम सार्है विवेक नभएको मान्छेजसरी प्रस्तुत भए । तपाईं त बस् प्रश्न सोध्न न जानुभएको थियो, जवाफ दिनुपर्ने ठाउँमा उनले जस्तो व्यवहार गरे, त्यो दुखद् र निन्दनीय छ ।’ देउवाले भने, ‘उहाँले त आफ्नो हैसियतले प्रश्नको जवाफ दिनुपर्थ्यो । तर उनले जुन शैली प्रस्तुत गरे, त्यो गलत छ ।’
साथै उनले सरकारी संयन्त्र कमजोर हुँदा यस्ता अराजक तत्वहरुको मनोमानी बढेकोसमेत बताएका छन् । ‘जनताका कुरा उठाउने पत्रकारहरुलाई दुर्व्यवहार गर्नु भनेको जनताको दुर्व्यवहार गर्नु हो । यसतर्फ सबैजना सचेत हुनुपर्छ ।
https://arthasarokar.com/2021/01/Arjun-Shah-4.html
https://arthasarokar.com/2021/01/Press-Union-4.html
https://arthasarokar.com/2021/01/Harish-.html
https://arthasarokar.com/2021/01/Photo-.html
https://arthasarokar.com/2021/01/Hakim-ko-Harkat.html
https://arthasarokar.com/2021/01/Bigyapti.html
https://arthasarokar.com/2021/01/maalpot-Kailali.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: