
- अर्थ सरोकार सम्बाददाता
अर्घाखाँची । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–२ सितापुर स्थायी घर भई सन्धिखर्क न.पा. १, मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका स्वर्गीय प्रेम वहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम कागजात पुरा भएको ४ दिनमा हस्तान्तरण गरेको छ । कोरोनाका कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा मंसीर ३ गते मृत्यु भएपश्चात निजकी श्रीमती केसरा क्षेत्रीले मंसीर २४ गते कम्पनीमा निवेदन दिएकी थिईन र आबश्यक सम्पुर्ण कागजात पौष १६ गते पुरा गरेकी थिइन ।
उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा दुई लाख एक हजारको बीमा गरेका थिए । उनले कम्पनीमा ३ किस्ता बापत ४९,००० मात्र बुझाएका थिए । उनको मृत्युपश्चात मृत्यु दाबी भुक्तानी वापतको रकम दुई लाख सैतीस हजार नौ सय चौरासी रुपैयामध्ये निजको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सो बापतको रकम १६,३५२.०० कट्टा गरी बाँकी रकम दुई लाख एक्काईस हजार छ सय वत्तीस रुपैया कम्पनीले मृतककी श्रीमती केसरा क्षेत्रीको बैंक खातामा पौष २० गते सिधै भुक्तानी गरेको कम्पनिको अर्घाखाँची कार्यालयका प्रमुख नारायण घिमिरेले जानकारी दिए ।
‘ग्राहक मैत्री छौ उत्कृष्ठ जीवन बीमा सेवालाई शिरोधार्य गर्दै ग्राहकलाई जीवन बीमा सेवामा खुसी र सन्तुष्टि दिनु हाम्रो प्रमुख दायित्व हो र प्राइम लाइफ इन्स्योरेन्सले छिटो, छरीतो, सरल, सहज र उत्कृष्ठ बीमा सेवा प्रदान गर्दछ ।’ कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले भने । उनले दावीकर्ताले कम्पनीमा आवश्यक कागजात पुरा उपलब्ध गराएमा बीमा कम्पनीहरुले सहजै भुक्तानी गर्ने पनि बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्