- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आज आइतबार राष्ट्रिय सभालाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।