रसुवा । कोभिड–१९ को असरले तामाङ सम्पदा मार्गमा सञ्चालित नेपालको दोस्रो बृद्विम घरबास सुनसान भएको छ । पर्यटन पेशाबाट आयवृद्वि गराई ग्रामीण गरिबी निवारण गर्ने उद्देश्यका साथ विसं २०५८ देखि बृद्विम क्षेत्रका २७ घरमा सञ्चालन गरिएको घरबास पछिल्लो समय पाउनाको आगमन कमी आएपछि सुनसान बन्दै गएको हो ।बास बस्न आएका पाहुनालाई प्रदान गरिएको सेवाबाट प्राप्त आयले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९को समस्या उत्पन्न भएसँगै बृद्विम घरबास प्रभावित भएको सञ्चालक बताउँछन् । बृद्विम क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान एवं तातोकपडा वितरण र एकीकृत शिविरको माध्यमबाट गोसाइँकुण्ड गाउँपालिकाले घरबास क्षेत्रका सबै नागरिकलाई दक्ष चिकित्सकद्वारा स्वास्थ्य परीक्षणसमेत सम्पन्न भएको छ । यसपछि आगामी दिनमा पाहुँना आउने आशा पलाएको व्यवसायी बताउँछन् ।
स्वास्थ्यमा दीर्घरोगबाहेक नयाँ नौलो रोगको लक्षण नभेटिएको स्वास्थ्य शिविरका अगुवा डा दिपेन लामाले जानकारी दिनुुभयो । घरबास व्यवस्थापन समितिका अध्यक्ष नुर्पु तामाङले गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा कोरोनाको समस्या नदेखिको हुँदा पाहुँनालाई प्रदान गरिँदै आएका सेवा दिन यहाँका व्यवसायी तयार रहेको जानकारी दिनुभयो । उहाँले बृद्विम क्षेत्रको भ्रमण गरिदिन आग्रह समेत गर्नुभयो ।
गोसाइँकुण्ड –३ मा पर्ने बृद्विम गाउँ जान स्याफ्रुबेँसीबाट करिब तीन घण्टाको पैदल दूरीको उकाली पार गर्दासाथ पुग्न सकिन्छ । पछिल्लो समय मोटरबाटो ट्र्याकसमेत खुलिसकेको छ । घरबासमा आएका पाहुँनालाई स्थानीयस्तरमा उत्पादित मकै, कोदो, जौ, आलु , सागसब्जी, जस्ता अर्गानिक कृषि उपजबाट तयार गरिएका खानाको परिकार भोजन गराउँदै आइएको छ ।
घरबासमा बास बस्न जानेलाई गाउँको सिरानमा अवस्थित बौद्यगुम्बाकोे प्राङ्गढमा भेला गराई स्थानीय वेषभूषाबाट सुुशोचित समूहले पहिलो स्वागत गर्ने र ती पाहुँना कुनकुन घरमा राख्ने समितिले तोकेपछि पाउनालाई बासस्थानमा लाने चलन रहेको छ । बृद्विम क्षेत्रमा धानखेती नहुने भएकाले भातका लागि चाहिने चामल भने अनेत्रबाट ल्याउनुपर्ने बताइन्छ ।
बृद्विम घरबासमा जाने पाहुँनालाई स्थानीय भेषभूषा, तामाङ सेलोको नाचगान र स्थानीय खानाले स्वागत गर्ने गरिएको छ । यसैगरी यहाँका उकाली ओराली, भञ्ज्याङ चौतारी, वन वनस्पति, झर्ना र पहाडजस्ता विविध सम्पदाले पाहुँनालाई आकर्षित बनाउने गर्दछ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्