Skip to content
LAXMI SUNRISE BANK

राजस्व संकलन गर्न एनसिएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमइ पेबीच सम्झौता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनसिएचएल, राष्ट्रिय वाणिज्य बैंक र आइएमइ डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ। राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपी मार्फत संकलन गर्न लागि सम्झौता भएको हो। यो त्रिपक्षीय सम्झौतापछि सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने बताइएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए। आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको बताए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK