
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपालवर वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए । सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
सो कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन ईश्वर उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समितिका सदस्यहरु, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री प्रमोद कंसकार लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले गत आ.व. २०७६/०७७ मा ४ अर्ब ४५ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप २ खर्ब ३० अर्ब रुपैंया, कर्जा १ खर्ब ५० अर्ब रुपैंया र हालको बेस रेट ५.७४ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्