
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० जनाले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यस बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता आईपिओ शुक्रबारबाट बिक्रीमा ल्याएको थियो । आज आवेदन दिन अर्थात अन्तिम समयसम्ममा उक्त रकम बराबरको आवेदन परेको हो ।
बैंकले ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि छुट्याएको थियो भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिएका थिए । आवेदकहरुको संख्या हेर्दा प्रति आवेदन ५० कित्ताको हाराहारीमा सेयर पर्ने देखिएको छ । यसअघि चन्द्रागिरी हिल्सको आइपीओमा भने १२ लाख ७७ हजारले आवेदन दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्