- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको आइपिओ सञ्चालक समितिको सदस्यमा सुखचन्द्र झा नियुक्त भएका छन् । पुस २२ गते बसेको मन्त्रीस्तरको निर्णयले सुखचन्द्र झालाई कम्पनीको संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।
पुनर्बीमा कम्पनीको नियमावलीको नियम २७ (२)(क) तथा अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम कम्पनीको संचालक समिति सदस्यमा झालाई नियुक्त गरिएको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले जानकारी दिए ।
सोही मितिबाट रमेश लम्साललाई कम्पनीको संचालक समितिको सदस्यबाट अवकास दिईएको कम्पनी सचिव विष्णु प्रसाद उपाध्यायले बताए ।