×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बाँडफाँट, वार्षिक ८.५०% ब्याजदर पाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सानिमा बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बाँडफाँट, वार्षिक ८.५०% ब्याजदर पाइने !

Artha Sarokar

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बाँडफाँट भएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा पुस २१ गते बाँडफाँट गरिएको हो । बाँडफाँटको सम्पूर्ण डिटेल मेरो सेयरबाट हेर्न सकिनेछ । सानिमाले पुस १ गतेबाट १५ गतेसम्म उक्त इकाई ऋणपत्र जारी गरेको थियो । 
बैंकले २४ लाख इकाई ऋणपत्र आफ्नै पहलमा अन्य संघसंस्थालाई र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । यसबाट सामूहिक लगानी कोषलाई ५% अर्थात् ८० हजार इकाई छुट्याएको थियो । यस ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर दिइनेछ भने १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गरेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी