
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नाफा २१.४९% ले घटेको छ । संस्थाले खुद नाफा ११ करोड ४७ लाख ४७ हजार रुपैयाँमा कायम भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष संस्थाले १४ करोड ६१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै संस्थाले पुस मसान्तसम्म आउँदा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै सूचकमा गिरावट आएको छ ।
जसकारण खुद नाफा प्रभावित भएको छ । खुद ब्याज आम्दानी १३.७८% ले घटेर २० करोड १२ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ सञ्चालन नाफा २०.३३% ले घटेर १८ करोड १९ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । संस्थाको खराब कर्जा ०.०६% रहेको छ । रिजर्भ कोषमा १ अबर्ब ६३ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेको यस संस्थाको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ २३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्