×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनः निर्माणपछि विपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पुनः निर्माणपछि विपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण (भिडियो रिपोर्ट)

Artha Sarokar

१५ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । जापान सरकारले निर्माण गरेको वी.पी. राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । वि.सं.२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त वी.पी. राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएपछि जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताउनुभयो । 
नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । मन्त्री नेम्बाङले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा समेत गर्नुभयो । जापानले नेपालको पूर्वाधार क्षेत्रमा गरेको सहयोग देशको विकासका लागि कोशेढुंगा भएको पनि बताउनुभयो । आगामी दिनमा पनि जापान सरकारले सडक पूर्वाधार निर्माणमा सहयोग जारी राख्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
देशको केन्द्रीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो वी.पी. राजमार्ग जापानले सन् १९९६ मा निर्माण शुरु गरी सन् २०१५ मार्चमा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । तर हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको थियो । त्यसपछि पनि जापानले वी.पी राजमार्गको पुनर्निर्माणको जिम्मा लिदै सन् २०१९ जुलाई ३ देखि जापानी निर्माण कम्पनी हाजमा अण्डो कर्पोरेशन मार्फत काम शुरु गरेको थियो । करिब १८ महिना अर्थात सन २०२१ जनवरी १८ मा वी.पी. राजमार्गको पुनर्निर्माण सम्पन्न गरी जापानले बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी