×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको रिजर्भ कोषमा ११ करोड ४६ लाख जम्मा, खुद नाफा कति कमायो ? (विवरणसहित)

GLOBAL IME BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको रिजर्भ कोषमा ११ करोड ४६ लाख जम्मा, खुद नाफा कति कमायो ? (विवरणसहित)

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड २२ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १३.४८% ले धेरै हो । गत वर्ष यसै अवधिमा ४ करोड ६० लाख ८४ हजार रुपैयाँमात्र खुद नाफा गरेको थियो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । खुद ब्याज आम्दानी १.४८% ले बढेर ७ करोड ९४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै रिजर्भ कोषमा ११ करोड ४६ लाख ४९ हजार रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ६६ पैसा रहेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । संस्थाको चुक्ता पुँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ छ भने  सञ्चालन नाफा ३.२४% ले घटेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: