×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जलविद्युतको काम अलपत्र हुँदा रुकुमपूर्वका मानिस दियोको भरमा बस्न बाध्य, अहिलेसम्म पनि बलेन बिजुली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जलविद्युतको काम अलपत्र हुँदा रुकुमपूर्वका मानिस दियोको भरमा बस्न बाध्य, अहिलेसम्म पनि बलेन बिजुली

Artha Sarokar

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत्् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । विसं २०६५/६६ मा निर्माण थालिएको उक्त विद्युत्् आयोजनाले अहिलेसम्म विद्युत्् उत्पादन गर्न सकेको छैन । 
विद्युत् आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका सबै अहिले दियोको भरमा बसिरहेका छन् । बिजुली बल्न नसक्दा गाउँपालिकाको वडा नम्बर ५ सँगै वडा नं १ र ६ का ती घरधुरी प्रभावित बन्न पुगेको वडा नं ५ का वडाध्यक्ष कालीप्रशाद रोकाले जानकारी दिनुभयो ।
उक्त विद्युत् आयोजना निर्माणको लागि एचए हाइड्रो पावरले रु दुई करोड २९ लाखमा जिम्मा लिएको थियो । कम्पनीले टर्वाइन, जेनेरेटर, यलसी बोर्ड, ट्रन्सफर्मरका साथै थोरै तार मात्र उपलब्ध गराएको थियो । पछिल्लो समय कम्पनीले काम अलपत्र छोडेर सम्पर्कविहीन बनेको छ । सामग्रीमा पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । गाउँमा स्थानीय सरकार गठन भएपछि भने स्थानीय सरकारले नै आयोजनाको पुनःनिर्माणको काम शुरुआत गरेको थियो । 
गाउँपालिका र वडाको बजेटबाट आयोजनाको मर्मत कार्यका साथै खिया लागेका सबै सामग्री फेरबदल गरिएको वडाध्यक्ष रोकाले जानकारी दिनुभयो । गाउँपालिकाको दुई आर्थिक वर्षको रु ६६ लाख र वडाको रु १० लाख गरी कूल रु ७६ लाखमा अलपत्र विद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ । 
लामो समयदेखि अलपत्र रहेको विद्युत् आयोजना पुनःनिर्माणको काम सकिएर गत साउन महिनामा परीक्षण पनि सम्पन्न भइसकेको थियो । सफलतापूर्वक परीक्षण सम्पन्न भएको विद्युत् आयोजनाको बिजुली गाउँमा विस्तारको तयारी गर्दै गर्दा बर्खे भेलले विद्युत् आयोजनाको मुहानै बगाएपछि फेरी आयोजना प्रभावित बनेको थियो ।
भेलाले मुहान बगाउनुका साथै नहर, ड्याम र हेमपाइप बगाएको थियो । अहिले वडाले फेरि पाइप मगाएको छ भने मर्मतको कार्य फेरि शुरु गर्ने जनाएको छ । विद्युत् आयोजनाको मर्मत कार्यपछि छिट्टै त्यहाँका नागरिकले बिजुली बाल्न पाउने वडाध्यक्ष रोकाले जानकारीदिनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी