×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित

४ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कास्की । सहकारीको छाता सङ्गठन जिल्ला सहकारी सङ्घ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि कोइरालासहित बलराम गौतम र धर्मराज अर्याल चुनावी मैदानमा हुनुहुन्थ्यो । सङ्घको ४७औँ साधारणसभाले वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दीपक बाँस्तोला र कोषाध्यक्षमा नवराज बराल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी महिला प्रतिनिधिमा कौशिला गुरुङ, चन्द्रकुमारी पराजुली, मैनादेवी रावल, विना लोहोनी निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपकप्रसाद आचार्य चयन हुनुभएको छ । विषयगत समितितर्पm आनन्द सुवेदी र सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी तथा लेखा समिति संयोजक धर्मबहादुर गुरुङ एवं सदस्यमा रमण पौडेल र विमलाकुमारी थापा निर्वाचित हुनुभएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: