
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब रु १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा यस कार्यक्रमअन्तर्गत रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको हो ।
नगर क्षेत्रभित्रका दुई हजार ६०३ ज्येष्ठ नागरिक (७० वर्षमाथिका) यो कार्यक्रमबाट लाभान्वित छन् । ज्येष्ठ नागरिकमा कूल रु नौ करोड ८० हजार ६०० प्रवाह भएको कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिनुभयो । त्यसैगरी नगर क्षेत्रका एक हजार ४४९ एकल महिलालाई रु तीन करोड ४९ लाख ६० हजार वितरण गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७२६ बालबालिकामा रु दुई करोड १२ लाख ३६ हजार र ५४३ अपाङ्गता भएकाहरुमा रु एक करोड २४ लाख १८ हजार ४०० भत्ता वितरण गरिएको कार्यालयले सार्वजनिक गरेको हो ।
यसअघिका वर्षमा सेवाग्राहीलाई घरघरै रकम पु¥याइने गरिए पनि अब सबैलाई अनिवार्य बैंक खातामा रकम पठाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर सेवाबारे छलफल गरिँदै आइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले स्पष्ट पार्नुभयो । यता सेवाग्राही वृद्धवृद्धाले भने बैंकले समयमा सुरक्षा भत्ता नदिएको गुनासो गरेका छन् ।
“गरिबी न्यूनीकरण, बिरामी हुँदा उपचार गराउन, विपद्को अवस्थामा उत्पन्न जोखिम न्यूनीकरण गर्न सामाजिक सुरक्षा कार्यक्रमले सहयोग पु¥याउँछ”, पराजुलीले भन्नुभयो, “बैंकमा रकम जम्मा गरिँदा हराउने र अनावश्यक खर्च हुनबाट जोगाउने भएको हुँदा यो व्यवस्था अपनाइएको हो ।” सेवाग्राहीलाई रकम प्राप्त गर्न सजिलो बनाउन सम्बन्धित बैंकलाई सेवा प्रवाहको मासिक दिन तालिका बनाएर समयसमेत निर्धारण गर्न आग्रह गरिएको पराजुलीको भनाइ छ । यसैगरी सेवाग्राहीको सङ्ख्या अद्यावधिक गर्न सम्बन्धित वडा कार्यालयले काम गर्दै आएको कार्यालयले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्