Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दोस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक, कमायो १६ करोड ४० लाख रुपैयाँ खुद नाफा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकले १६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा गत वर्षको भन्दा १३.८८% कम हो । गत वर्ष बैंकले १९ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो 
बैंकका दुई सूचक खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएकाले खुद नाफामा असर परेको छ । गत वर्ष ४५ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो त्रैमासमा घटेर ५४ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ भने बैंकको सञ्चालन नाफा पनि २७ करोड ५८ लाख रुपैयाँबाट घटेर २२ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । 
यता बैंकले पुस मसान्तसम्म ३४ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरि २७ अर्ब २४ करोड करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले जगेडा कोषमा ६५ करोड ८७ लाख रुपैयाँ जम्मा गरेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ८१ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK