
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमा बैंकको खुद नाफा घटेको छ । बैंकको नाफा ७.३८% ले घटेर १ अर्ब ६ करोड २७ लाख ९६ हजार रुपैयाँमा कायाम भएको हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १४ करोड ७४ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म पुग्दा बैंकको प्रतिसेयर आम्दानी पनि गत वर्ष भन्दा ४ रुपैयाँ १३ पैसाले घटेर २२ रुपैयाँ २ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा छ ।
पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफा ८९ करोड २६ लाख ७ हजार रुपैयाँ छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ७.९८% र ७.२८% ले घटेका छन् । जसको असर खुद नाफामा परेको छ । बैंकले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ सानिमाको खराब कर्जा गत वर्ष ०.४१% रहेकामा अहिले ०.५८% पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्