×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा क्यापिटलको सानिमा लार्ज क्याप फन्डमा कतिले दिए आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा क्यापिटलको सानिमा लार्ज क्याप फन्डमा आइतबारसम्म ४५ करोड ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सानिमा क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म ३६ हजार ८४० जना आवेदकले ४ करोड ५० लाख ५ हजार ८१० इकाइमा आवेदन दिएका छन् ।
क्यापिटलले माघ ९ गतेदेखि सानिमा म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गरेको हो । जसमा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकका लागि छुट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिने जनाएको छ । यो सात वर्षे बन्दमुखी योजना हो । यसमा माघ १३ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ २६ गतेसम्म आवेदन खुला रहने सानिमा क्यापिटलले जनाएको छ । फन्डमा आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: