×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको साधारणसभा बिहीवार हुँदै, कसको कहाँ र कति बजे हुन्छ ?

अर्थ सरोकार

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार

PRIME CA

सानिमा माई हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको साधारणसभा बिहीवार हुँदै, कसको कहाँ र कति बजे हुन्छ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बोटलर्स नेपाल बालाजु र सानिमा माई हाइड्रोपावर कम्पनी साधारणसभा भोलि बिहीवार हुने भएको छ । सानिमा माई हाइड्रोपावरको सभा बिहान ११ बजे हुनेछ भने  बोटलर्स नेपाल बालाजुले दिउँसो २ बजेबाट सुरु हुनेछ । 
सानिमा माई हाइड्रोपावरले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ भने सभा अकामा होटलमा हुँदैछ । यस कम्पनीको लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
यता बोटलर्स नेपाल बलाजुले कम्पनीको कार्यालय बालाजुमा साधारणसभा बोलाएको छ । कम्पनीले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: