
- अर्थ सरोकार सम्बददाता
सर्लाही । सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयका नायब सुब्बा र एक लेखनदास घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ११ हजार घूस रकमसहित नायब सुब्बा बेदनिधि बराल र लेखनदास रामसुन्दर महतोलाई पक्राउ गरेको हो ।
लालपुर्जामा नाम सच्याउनका लागि ११ हजार घुस रकम लिएको सेवाग्राहीको भनाइ छ । लेखनदास महतोले पहिला १८ हजार माग गरेकोमा पछि ११ हजारमा तय भएको थियो । चिया तथा खाजा खर्च भन्दै घूस रकम माग गरेपछि सेवाग्राहीले अख्तियारलाई गुहारेका थिए । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लगिएको अख्तियारले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्