×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार छली ल्याइएको गाडी र ६ लाख २५ हजार बराबरका कपडा बरामद

अर्थ सरोकार

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार

PRIME CA

भन्सार छली ल्याइएको गाडी र ६ लाख २५ हजार बराबरका कपडा बरामद

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो । 
भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो । भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: