
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सञ्चार उद्यमी तथा वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष शम्भु पोखरेलले मानार्थ विद्यावारिधि उपाधि पाएका छन् । अमेरिकाको ग्लोबल पिस युनिभर्सिटिले पोखरेललाई अन्तराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो । युनिभसिटिले सञ्चार उद्यमी पोखरेललाई शनिबार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधी प्रदान गरेको हो ।

पोखरेल सिईओ क्लब ग्लोबलका एसिया रिजन हेर्ने सिईओ हुन् भने वल्ड्र्र ट्रेड ग्रुप नेपाल अन्तर्गत पोखरेलको बिजनेस टेलिभिजन, व्ल्याक होल आईटि सोलसुन, रुम फर रेष्ट, नेपाल सिपिङ, काठमाडौँ स्कुल अफ बैंकिङ एण्ड ईन्स्युरेन्स, स्टार्ट अप हब नेपाललगाएतका दर्जन हाराहारीमा कम्पनीहरु सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा पनि विद्यावारिधि गरिरहेका छन् पोखरेलले विकाशोन्मुख देशको अन्तरदेशिय व्यापार घाटा घटाउन गहन उपाय निकालेवापत सो उपाधी प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्