
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से बढेको छ । नेप्से परिसूचक आइतबारको तुलनामा १०.०४ अंकले बढेर २४४०.८७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६० करोड ३७ लाखमाथिको कारोबार भएको छ ।
त्यसपछि कारोबार क्रमश: नबिल बैंक र एनसीसी बैंकको भएको छ । आज ५ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नागरिक लगानी कोषका लगानीकर्ताहरुले कमाएका छन् भने श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्