
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । आर्थिक मुद्दामा प्रमुख राजनीतिक दलहरूलाई साझा धारणा निर्माण गर्नका लागि दबाब दिन निजी क्षेत्रबीच कार्यगत एकता गर्नुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । नेपाल आर्थीक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुलाई दवाव दिन निजी क्षेत्रका छाता संगठनहरुबीच कार्यगत एकता हुनुपर्ने बताएका हुन् । देशको अर्थतन्त्रमा करिब ७० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकोले मुख्य आर्थिक मुद्दामा निजी क्षेत्रको समान दृष्टिकोण हुनुपर्ने पनि उद्योगी व्यवसायीहरुको भनाई छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक मुद्दामा महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सबीच कार्यगत एकता गर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रका छाता संगठनहरुको राष्ट्रव्यापी सञ्जाल भएको र सरकारको नीति निर्माण तहमा विशेष प्रभाव पार्न सक्ने भएकाले प्रभावशाली संगठनका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । आफू नेतृत्वमा आएसँगै ९० प्रतिशत मुद्दामा समान धारणा बनाउन सक्ने भन्दै प्रस्ताव समेत पेश गरीसकेको अध्यक्ष गोल्छाले बताउनुभयो ।
उहाँले विभिन्न ५३ वटा बुँदा पहिचान गरी समान धारण निमार्ण गर्न परिसंघ र चेम्बरमा छलफलका लागि पठाइसेको पनि बताउनुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि नीजि क्षेत्रका कतिपय मुद्दाहरुमा सरकार र राजनीतिक दलहरूले विभाजन गर्न खोजेको भन्दै एक भएर अगाडी बढे आफ्ना मुद्दा संस्थागत गर्न सकिने बताउनुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले नीजि क्षेत्रलाई सधै कालाबजारीको रुपमा मात्र हेर्ने गरेको भन्दै नीजि क्षेत्रको सम्मान हुन नसेको गृनासो गरेका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्