×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा !

PRIME CA
GLOBAL IME BANK

शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा !

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिखर इन्स्योरेन्सले लगानीकर्तालाई २९.३२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको बैठकले २७.७६९% बोनस सेयर र १.४६२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल ३८% भने पनि ३०% हकप्रद सेयर भर्नेलेसमेत पाउने भएकाले वास्तविक रुपमा भने लगानीकर्ताले २९.२३% नै लाभांश पाउनेछन् ।
आर्थिक वर्ष २०७६/७७ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो । जसअनुसार कम्पनीले ३८ करोड १६ लाख ८५ हजार ९६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने २ करोड ९५ हजार २४५ रुपैयाँ नगद लाभांश वितरणमा खर्च हुनेछ । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: