- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुभम् पावर कम्पनीको वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । कम्पनीले सभा कमलादीमा बिहान ११ बजे बोलाएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ भने कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
कम्पनीले सर्वसाधारणका लागि ५ लाख ८० हजार ५८० कित्ता आइपीओ ल्याउने तयारी गरिरहेको छ । आइपीओ अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन पनि दिएको छ । यस कम्पनीले हाल संखुवासभा जिल्लामा ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।