×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक र नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंक र नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंक र नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा आज हुँदैछ । सिद्धार्थको सभा अम्रपाली ब्यांकेट, बालुवाटारमा ११ बजे सुरु हुनेछ । बैंकले ले १५% लाभांश प्रस्ताव पारित गर्न आज वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३% नगद गरी कुल १५% लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ । पुस २७ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको लाभांश पाउनेछन् ।
यता नारायणी डेभलपमेन्ट बैंकले पनि पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित आज वार्षिक साधारणसभा बोलाएको छ । बैंकले हालै धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) पुनः हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो । बैंकको सभा स्टार ब्यांकेट रत्ननगर, चितवनमा दिउँसो १ बजे सुरु गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस २९ गते बुक क्लोज गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: