×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्धारा ‘स्मार्ट टेलर’ को सुरुवात, ग्राहकहरुले विना चेकबुक पैसा झिक्न सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंकद्धारा ‘स्मार्ट टेलर’ को सुरुवात, ग्राहकहरुले विना चेकबुक पैसा झिक्न सक्ने

Artha Sarokar

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।
डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । हाल बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी