- अर्थ सरोकार सम्बाददाता
तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको आँबु प्रशाखामा कार्यरत कर्मचारी भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले ५ हजार खुस लिई भ्रष्टाचार गरेको आरोपमा कृष्ण आलेलाईपक्राउ गरेको हो । उनले सेवाग्राहीको काम गरिदिए वापत गैरकानूनी रुपमा घुस लिएका थिए । आलेविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।