- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरि दरुवाला नियुक्त भएका छन् । पुस २४ गते अर्थात शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको पुस २५ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त दरुवालाले पुस २५ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।