
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ । सनराइज बैंकले उदयपुर र ओखलढुंगामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहा, सिद्धिचरण नगरपालिका –४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका –४ केत्तुके, ओखलढुंगामा एकरएक गरी तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम. कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । उक्त शाखाहरुबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । बैंकले १३९ वटा शाखा, ६६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्