
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष (आव)को छ महिनाको अवधिमा कुल रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको छ ।
गएको वर्षमा कार्यालयले सो अवधिमा रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आवमा सो अवधिमा गएको वर्षभन्दा रु ३७ करोड ४४ लाख ३४ हजारले बढी राजस्व सङ्कलन गर्न सफल भए पनि चालु आवमा लक्ष्य हासिल गर्न रु दुई करोड ५५ लाख ५४ हजार अपुग रहनुको कारण अन्तःशुल्कमा कमी आएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।
गत वर्षमा सोही अवधिमा कार्यालयले रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजस्व सङ्कल गर्ने लक्ष्यमा रु ९८ करोड १० लाख ४६ हजार कम राजस्व सङ्कलन भएको थियो । आव २०७५/७६ मा कार्यालयले सो अवधिमा रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार, आव २०७४/७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजस्व सङ्कलन भएको थियो ।
तुलनात्मक रुपमा कार्यालयले चालु आव २०७४/७५ को भन्दा रु एक अर्ब ४२ करोड ४३ लाख ४४ हजार, आव २०७५/७६ को भन्दा रु ७० करोड ८४ लाख तीन हजार र आव २०७६/७७ को भन्दा रु ३७ करोड ४४ लाख ३४ ले बढी राजस्व सङ्कलन गर्न सफल हुनुमा कार्यालयले कडा मेहनत, अनुगमन र क्रियाशीलताले बढाएको प्रमुख सापकोटाले बताउनुभयो ।
चालु आवमा सङ्कलित राजस्वमा आयकर रु एक अर्ब ५३ करोड ८७ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर रु एक अर्ब १४ करोड १९ लाख ८९ हजार, अन्तः शुल्क रु एक अर्ब २० करोड ८९ लाख ६३ हजार छन् । अन्तःशुल्कतर्फ चालु आवको छ महिनाको अवधिमा रु दुई अर्ब तीन करोड ४४ लाख २३ हजार सङ्कलन गर्ने लक्ष्यमा रु ८२ करोड ५४ लाख ६० हजारले कम सङ्कलन हुनुको कारण मादकपदार्थको कारोवारमा कमी आउनु, विकास निर्माण कार्यले तीव्रता नलिनु र जग्गाको कारोवार नहुनु रहेकोे प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
कार्यालयले चालु आवमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धि करमा १५९ प्रतिशत र अन्तः शुल्कमा ५९ प्रतिशत प्रगति हासिल गरेको छ । अहिले मुलुकको अवस्था सामान्य रहेको, व्यापारिक क्रियाकलाप पनि बढी रहेको, निर्माणका कार्यहरु पनि शुरु भएको अवस्थामा र कारोना महामारीको अवस्थामा पनि व्यापार व्यवसाय सञ्चालनमा आएकाले आउने दिनमा अन्तःशुल्कमा पनि सुधार हुने कार्यालयले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्