×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ड्रागन फ्रुटको खेतीमा रमाउँदै बाँकेका तिलक सिरिस, मलेसियामा सिकेको सिप गाउँमा आएर सदुपयोग ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

ड्रागन फ्रुटको खेतीमा रमाउँदै बाँकेका तिलक सिरिस, मलेसियामा सिकेको सिप गाउँमा आएर सदुपयोग ! (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
बाँके । बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल हुनुभएको छ । ६ बर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फुर्किनु भएका मगरले मालेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारिमा खेती शुरु गर्नुभएको हो । 
बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ६ वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बस्नुभयो । मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गर्नुभएका मगर अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती शुरु गर्नुभएको छ । शुरुमा एउटा बोटबाट खेती शुरु गर्नुभएका मगरको बारिमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको विक्री भइसकेको बताउनुभयो । 
ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आउनुभएको छ । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताउनुभयो । अहिलेसम्म घरबाटै प्रति केजि ६ सय रुपैयाँको दरले विक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताउनुभयो । स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्सहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताउनुभयो । पालिकालाई नामुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषि तर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: