Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालनमा, चन्द्रप्रसाद ढकालद्धारा उद्घाटन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रम बीच धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका थिए । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६८ पुगेको छ ।
शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालनगर्दै आफ्नो सेवालाई विस्तार गरेको बताएका छन् । ‘सबैका लागि बैंक’ भन्ने मुलनारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उनले बैंकिङ सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए सम्म शाखा विस्तार गर्दै वा शाखा रहित बैंकिङ सेवाका माध्यमबाट सेवा प्रदान गर्ने बताएका हुन् । बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने उनले बताएका छन् । प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुने गरी काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार, थाहा उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ तथा मिथिला नगरपालिका वडा नं. ६ का अध्यक्ष भक्तबहादुर बलम्पाकी लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी, बैंकका कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकहरु सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK