×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अधिकांश पर्यटन व्यवसायीले पुनरकर्जा सुविधा पाउन नसकेको पर्यटन बोर्डका प्रमुखको स्वीकारोक्ती (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार

PRIME CA

अधिकांश पर्यटन व्यवसायीले पुनरकर्जा सुविधा पाउन नसकेको पर्यटन बोर्डका प्रमुखको स्वीकारोक्ती (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल पर्यटन बोर्डले कोभिड–१९ बाट प्रभावित अधिकांश पर्यटन व्यवसायीहरुले पुनरकर्जा सुविधा पाउन नसकेको स्वीकार गरेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा सानो लगानीमा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीहरुले पुनरकर्जा सुविधा पाउन नसकेको गुनासो गरेपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यस्तो स्वीकार गर्नुभएको हो । उहाँले पुनरकर्जा कार्यविधि निर्माण गर्दा गरिएको परिकल्पना नै गलत भएकाले अधिकांश पर्यटन व्यवसायीले पुनरकर्जा उपभोग गर्न नपाएको बताउनुभयो ।
पुनरकर्जा सम्बन्धी कार्यविधि निर्माण गर्दा पर्यटनसँग आवद्ध मजदूर र घर भाडामा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई सम्बोधन गर्ने खालको नगरिएकोले समस्या आएको बताउनुभयो । सरकारले पर्यटन विज्ञहरुको रायसुझाव लिएर निर्णय गरेको भए कुनै समस्या नहुने स्थिति निर्माण हुने पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । सरकारले पुनरकर्जाका लागि छुट्याएको बजेटको ८० प्रतिशत रकम उपभोग भइसकेको भएपनि अहिलेसम्म ८० प्रतिशत व्यवसायीहरुले कर्जा उपभोग गर्न नपाएको बताउनुभयो । त्यसैले जसलाई लक्षित गरेर ल्याइनुपथ्र्यो उनीहरुलाई सहज हुने खालको पुनरकर्जा कार्यविधि नबनेको अनुभुति भएको पनि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायीहरुले कोभिडबाट सबैभन्दा धेरै पर्यटन क्षेत्र प्रभावित भएको तर सरकारले दिएको राहत पाउन नसकेको गुनासो गरेका थिए । यस्तै पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकारले उपयुक्त मापदण्ड बनाउन नसकेको गुनासो समेत पर्यटन व्यवसायीहरुले गरेका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: