- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार पनि सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको आज ६ सयले घटेर प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ४७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।