×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा आज, ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा आज, ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी

Artha Sarokar

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा आज सोमबार हुँदैछ । कम्पनीको सभा होटल –र्याडिसन लाजिम्पाटमा बिहान ११ बजेबाट सुरु भएको छ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । नियामक निकाय बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले सभाबाट आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ५ जना सञ्चालकको लागि निर्वाचन गर्ने एजेन्डा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी